Kathmandu Press

उपत्यकामा दुई सहित तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १० : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ स्थित वडा कार्यालय अगाडि हाल नाम, थर, नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा...
उपत्यकामा दुई सहित तीन जना मृत अवस्थामा फेला
Hardik ivf

काठमाडौं, असोज १० : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ स्थित वडा कार्यालय अगाडि हाल नाम, थर, नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता, ललितपुर महानगरपालिका २ सानेपा कालोपुल बस्ने हाल एकिन वतन नखुलेका ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।  

यस्तै, खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका २ हर्कपुरस्थित सडकमा सोही ठाउँ ज्याला मजदुरी गरी बस्ने ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०:४९ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्