पेप्सी कम्पनीको सीईओका रूपमा इन्द्रा नूयीले सिकेका आठ पाठ
इन्द्रा नूयीले १२ वर्षसम्म विश्वप्रसिद्ध पेप्सीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिन्।
सन् २०१८ मा पेप्सीको छोडेकी नूयी अहिले अमेजन, वर्ल्ड इकोनोम....
इन्द्रा नूयीले १२ वर्षसम्म विश्वप्रसिद्ध पेप्सीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिन्।
सन् २०१८ मा पेप्सीको छोडेकी नूयी अहिले अमेजन, वर्ल्ड इकोनोमिक फोरम, येल स्कूल अफ म्यानेजमेन्ट र इन्टरनेश्नल क्रिकेट काउन्सिलको बोर्ड सदस्य हुन्। पेप्सीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएपछि नूयी विश्वकै सय शक्तिशाली महिलाको सूचीमा पर्दै आएकी छिन्।
“प्रमुख कार्यकारी अधिकृत बन्ने त्यो कठिन समय थियो। कम्पनीलाई रूपान्तरण गर्नु, अभियन्ता लगानीकर्ता झेल्नु, आर्थिक संकट सामना गर्नु, सबै उत्पादनमा आक्रमण झेल्नु सजिलो थिएन,” द ग्रोथ फ्याकल्टिज सिड्नी, अष्ट्रेलियामा भएको कार्यक्रममा बोल्दै नूयीले भनिन्,“त्यो एकदमै कठिन १२ वर्ष थियो।”
मद्रास क्रिस्चियन कलेजमा महिला क्रिकेट टिम बनाउँदा भारतमा त्यसतो अवधारणसम्म पनि थिएन। नयाँ ब्रान्डको स्वामित्व लिँदा होस् वा विज्ञापनका कारण आउने विवाद, उनले गरेका केही निर्णयमा लगानीकर्ताले निकै रिसाए। “मैले कहिले पनि त्यसलाई विशाल निर्णयका रूपमा लिइनँ,” नूयीले भनिन्,“तर गर्नै पर्ने थियो किनभने सफलताका लागि कम्पनीलाई त्यो आवश्यक थियो।”
इन्द्राको नेतृत्वमा पेप्सीकोले १२ वर्षमा दोब्बर आम्दानी गर्यो। सो अवधिमा कमाएको साढे ६३ अर्ब अमेरिकी डलरको आधा कमाइ “हेल्दियर प्रोडक्ट क्याटेगरी” ले गरेका थिए। पुरूषको वर्चश्व रहेको उद्योगमा दुई दशकभन्दा लामो समय प्रभाव जमाएकी इन्द्रा नूयीले “मल्टीबिलियन डलर कम्पनी” चलाउने केही सुत्रहरू बाँडेकी छिन्।
नियम १ : सन्तुलन
प्रमुख कार्यकारी अधिकृत पूर्णकालीन रोजगार हो। आमा हुनु पनि पूर्णकालीन काम हो। पत्नी हुनु पनि पूर्णकालीन काम नै हो। भारतको सन्दर्भमा छोरी र बुहारी हुनु पनि कहिलेकाहीँ पूर्णकालीन काम हो। त्यसैले सबै काममा उत्कृष्ट हुने अपेक्षा गर्नु उपयुक्त होइन। सजिलो उत्तर पनि छैन।
पहिले, सही व्यक्तिसँग विवाह गर्नुहोस्। यसले धेरै फरक पर्छ। मैले राम्रो व्यक्तिसँग विवाह गरें। चालिस वर्षपछि पनि ऊ त्यत्तिकै बहुमुल्य छ भन्नसक्छु। आज पनि पति र ६ महिनाको योजना बनाउँछौं। हामी कहाँ हुनेछौं, कसले के गर्ने र परिवार कसरी चलाउने, सल्लाह गर्छौं।
दोस्रो कुरा, सगोल परिवारलाई एकसुत्रमा बाँध्नुहोस्। म मेरो सगोल परिवारलाई माया गर्छु। सबैलाई छुट्टी लिन र हाम्रो घरमा आउन मनाएकी छु। तीन महिनासम्म मेरो घरमा बस्नुहोस् म तपाईंहरूलाई अमेरिका जाने टिकट दिन्छु भन्दै मैले उनीहरूलाई, परिवारका प्रत्येक सदस्यलाई एकजुट गरें। हामीले उनीहरूलाई तीन वर्षभित्र उडाउने योजना बनायौं।
नियम २: काममा लचिलो हुने
कामको प्रकृति परिवर्तन हुनुपर्छ। महिला घरमै बस्ने र पुरूषले बिहान ९ बजेदेखि अपराह्न पाँच बजेसम्म काम गर्ने समय बदलिसक्यो। आज यस्तो हुँदैन। हामीले प्रविधिलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्दछ।
नियम ३: खेलले सफलता दिन्छ
तथ्याङ्क अनुसार ७५ प्रतिशत “सि- स्वीट एक्जिक्युटिभ्स”ले कलेजमा प्रतिस्पर्धात्मक खेल खेलेका छन्। भनिन्छ- प्रतिस्पर्धात्मक खेल खेल्दा समूह राम्रो बन्छ। प्रतिस्पर्धात्मक खेलले नेतृत्व सीप विकास गर्दछ। विशेषगरी महिलालाई सामूहिक खेल वा प्रतिस्पर्धात्मक खेल खेल्न प्रोत्साहन गर्नुपर्दछ।
नियम ४: लैंङ्गिक विभेद अन्त्य
मैले दिने नतिजाको गुणस्तरको आधारमा मेरो मुल्याङ्कन हुनुपर्छ। हामीले वातावरण, लेबल र अनुभवमा काम गर्नुपर्छ। कुनै महिलालाई प्रोत्साहन गर्दा, हामी भन्छौं,”उनी गज्जब छिन् तर...”। पुरूषलाई प्रोत्साहन गर्दा भन्छौं,”ऊ एकदमै राम्रो छ र...”। कम्पनीको नेतृत्व भएर हामीले यसमा परिवर्तन ल्याउनुपर्छ।
नियम ५: सबै काम राम्रा गर्नुहोस्
महिलाहरूलाई मेरो अनुरोध: गरिरहेको काममा ध्यान केन्द्रित गर्नुहोस्। जति गुणस्तरीय नतिजा, मानिसले तपाईंलाई त्यति नै कम “लेबल” लगाउनेछन्। काम आफैं बोल्छ। “आउने दश वर्षमा म प्रमुख कार्यकारी अधिकृत बन्नेछु” भन्दै योजना बनाउनुहुन्छ भने, त्यसले समस्या ल्याउँछ भन्ने मेरो विश्वास छ। तपाईं यो योजना पूरा गर्न यति मरिमेट्नुहुन्छ कि तपाईंले राम्ररी पूरा गर्नसक्ने काम पनि बिग्रिन्छ। म कहाँ जाँदैछु, मलाई त्यसको चिन्ता छैन। राम्रो नतिजा ल्याउन जे गर्नुपर्छ, म त्यो सबै गर्नेछु।
नियम ६: आप्रवासीको मानसिकता लिएर काम गर्नुहोस्
अधिकांश आप्रवासी विदेशी भूमि जाँदा मनमा असफलताको त्रास बोकेर जान्छन्। काम गुम्न सक्छ वा बाँच्नलाई पर्याप्त पैसा नहुनसक्छ। फेरि फर्किनुपर्ने बाध्यता पनि हुनसक्छ। उनीहरूलाई प्रोत्साहित र प्रेरित राख्ने कार्य संहिता अंगाले बलियो शक्ति सिर्जना हुन्छ। म यस्तै गर्छु।
नियम ७: स्वत:स्फूर्त भएर उत्तराधिकारी छनोट गर्ने
हामी १० १५ जना त्यस्ता व्यक्ति पहिचान गर्छौं जो हाम्रो विचारमा धेरै प्रगति गर्न सक्छन्। उमेर समूह पनि भिन्न भएको सुनिश्चित गर्छौं किनभने बोर्डलाई अरू कोही नै ल्याउने चाहना हुनसक्छ। तीनदेखि चारवर्षको समयमा, हामी ती सबैलाई त्यो भूमिकाको अनुभव गराउने प्रयास गर्छौं। बोर्डलाई प्रस्तुति दिन वातावरण सिर्जना गर्छौं। उनीहरूलाई समूहमा काम गरेको देख्छौं र यी व्यक्तिको वृहत दस्तावेज पनि तयार गर्छौं। सबैभन्दा बलिया उम्मेदवार चाँडै देखापर्छन्। तीमध्ये सम्भवत: चार जना बाँकी रहन सक्छन्।
नियम ८: तपाईँको लाभान्वितले सफलता निर्धारण गर्दछ
उत्तराअधिकारीको चयन सायद बोर्डले गर्ने सबैभन्दा कठिन काम हो। बहालवाला प्रमुख कार्यकारी अधिकृत गर्ने सबैभन्दा महत्वपूर्ण काममध्ये यो पनि एक हो। कम्पनी कति राम्रो चलाउनुभयो, त्यसले तपाईँको सफलता निर्धारण हुँदैन। तपाईँपछि आउनेले कति राम्री चलाउँछन्, त्यसले तपाईँको सफलता निर्धारण गर्छ। प्रमुख कार्यकारी अधिकृतको रूपमा मेरो कार्यसम्पाद भन्दा मेरो विरासतलाई लिएर चिन्तित थिएँ। मैले छोडेपछि कम्पनी बन्द भएको भए, मैले कम्पनीको जग र समूह बलियो नबनाएको अर्थ लाग्थ्यो।