वाग्मतीले बगाउँदा एक बालकको मृत्यु
रौतहट, असोज १० : रौतहटस्थित वाग्मती नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ। माछा मार्ने गएका बेला पार्डी खेल्ने क्रममा उनलाई वाग्मतीले बगाएको हो।राजदेवी...
रौतहट, असोज १० : रौतहटस्थित वाग्मती नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ। माछा मार्ने गएका बेला पार्डी खेल्ने क्रममा उनलाई वाग्मतीले बगाएको हो।
राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीस्थित वाग्मतीमा माछा मर्न भनी खोलामा पसेका चारजनामध्ये एकजना बेपत्ता भएका छन् भने दुईजनाको स्थानीयले उद्धार गरेका छन्।
मृत्यु हुनेमा १० वर्षीय अवित राम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बेपत्ता हुनेमा १० वर्षीय बालक चिन्टु पासवान हुन्।
बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:३० बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












