Kathmandu Press

मुस्ताङका पाँचै पालिकामा कांग्रेस कार्यसमिति निर्विरोध 

जोमसोम, असोज १० : मुस्ताङका पाँचवटै स्थानीय तहमा कांग्रेस कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ।कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि यहाँका पाँचवटै स्थानीय तहमा क्रियाशील...
मुस्ताङका पाँचै पालिकामा कांग्रेस कार्यसमिति निर्विरोध 

जोमसोम, असोज १० : मुस्ताङका पाँचवटै स्थानीय तहमा कांग्रेस कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि यहाँका पाँचवटै स्थानीय तहमा क्रियाशील सदस्य संख्याका आधारमा सभापित, उपसभापित, सचिव, सहसचिव र सदस्य गरी १ सय ५८ जना सर्वसम्मत रूपमा चुनिएका हुन्।

Hardik ivf

शनिबार मुस्ताङका पाँचवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको थियो। कांग्रेसले वडा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न  शिक्षक महासंघ मुस्ताङलाई जिम्मेवारी दिएको थियो।

शिक्षक महासंघ मुस्ताङले दिएका जानकारी अनुसार घरपझोङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी विष्ट, लोघेरक दामोदरकुण्ड गाउँपालिकामा टसी लेन्डुप गुरुङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजीङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचन सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि कांग्रेसको आसन्न महाधिवेशनका लागि वडास्तरीय नेतृत्व चयन तथा क्रियाशिल सदस्यहरुको सर्वसम्मत निर्वाचन सम्पन्न भएको थियो। जिल्लाको निर्वाचन भने असोज १५ गते हुने बताइएको छ।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्