कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण
काठमाडौं, असोज १० : कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।आज (आइतबार) गरिएको एन्टिजेन र पिसिआर परीक्षणबाट आफूमा कोरोना पोजेटिभ पुष्टि भएको...
काठमाडौं, असोज १० : कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।
आज (आइतबार) गरिएको एन्टिजेन र पिसिआर परीक्षणबाट आफूमा कोरोना पोजेटिभ पुष्टि भएको उनले बताएका हुन्।
उनले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका हुन्।
असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको जानकारी दिँदै उनले सो अवधिमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहनआग्रह गरेका छन्।
प्रकाशित मिति: १५:४२ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












