Kathmandu Press

 ‘ए’ लेभलका विद्यार्थी भन्छन् : ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्छ 

काठमाडौं, असोज १० : ‘ए’ लेभलका विद्यार्थीहरुले ब्रिटिस काउन्सिलले दुई महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन्।आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
 ‘ए’ लेभलका विद्यार्थी भन्छन् : ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्छ 

काठमाडौं, असोज १० : ‘ए’ लेभलका विद्यार्थीहरुले ब्रिटिस काउन्सिलले दुई महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन्।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिँदै गरेको चाडबाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन्। 

Hardik ivf

पत्रकार सम्मेलनमा बोल्दै ‘ए’ लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिस काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए। ‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिस काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो,’ उनले भने। कोरोना भाइरसको डर र नजिकिँदै गरेको चाडबाडका कारण पनि भौतिक रूपमा परीक्षा दिन सहज नहुने उनको भनाइ थियो। 

उनले दुई महिना लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखे। सरकारले विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना खोप लगाउने व्यवस्था गरे पनि अहिलेसम्म सबैले प्रवेशपत्र नै नपाएको गुनासो गरे। 

उनले भने, ‘ब्रिटिस काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो।’ ब्रिटिस काउन्सिलको गैरजिम्मेवारीपनले विद्यार्थी थप मानसिक तनावमा परेको समेत बताए। 

कार्यक्रममा ‘ए’ लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको आरोप लगाइन्। उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफुहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो।’ दुईमहिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको सुनाइन्। उनले सरकारले ब्रिटिस काउन्सिललाई सम्झाउन दिनसमेत आग्रह गरिन्।  

अर्का विद्यार्थी दिपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकाले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने, ‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन्।’

परीक्षा यही समयमा लिनैपर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने हुँदा ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ। 

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्