Kathmandu Press

भट्टराईले सम्हाले पर्यटनमन्त्रीको जिम्मेवारी

काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पदभार ग्रहण गरेका छन्। 

बुधबार अपरान्ह राष्....

 भट्टराईले सम्हाले पर्यटनमन्त्रीको जिम्मेवारी

काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पदभार ग्रहण गरेका छन्। 

बुधबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए लगत्तै मन्त्री भट्टराईले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।  

मन्त्रालयमा मन्त्री भट्टराईलाई पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका थिए। 

 तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पाँच महिनादेखि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए।
 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, साउन १५, २०७६