Kathmandu Press

कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित

दाङ, असोज १० : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले...
कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित

दाङ, असोज १० : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भएका छन्। यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिए। 

Hardik ivf

तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो। 

त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गरेका छन्। उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित भएका छन्।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन्। शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो। 

जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ।
 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्