Kathmandu Press

तास खेलिरहेको अवस्थामा नौजना पक्राउ

तास खेलिरहेको अवस्थामा नौजना पक्राउ
Hardik ivf

काठमाडौं, असोज १० : कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका-८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित नौजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

तामाङले आफ्नै कोठमा जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्