बूढानीलकण्ठस्थित वडा कार्यालयको शौचालयमा शव
काठमाडौं, असोज १० : बूढानीलकण्ठ नगरपालिका-८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक...
काठमाडौं, असोज १० : बूढानीलकण्ठ नगरपालिका-८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।
निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।
उनका अनुसार शवको पहिचान हुन सकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।
प्रहरीले घटनास्थलमा आएर शव जाँच गरिरहको छ। शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।
प्रकाशित मिति: १२:१० बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












