सरकार र सभामुखको व्यवहारले आशंका उब्जियो : खाँण
काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षी दलहरुको आवाज सरकार र सभामुखले नसुनेको आरोप लगा....
काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षी दलहरुको आवाज सरकार र सभामुखले नसुनेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै खाँणले सर्लाही घटनाबारे छानविनका लागि संसदीय समिति बनाउन गरेको मागबारे सरकार र सभामुख दुवै मौन रहेको आरोप लगाए।
उनले घटनाबारे छानविन गर्न माग गर्दा सरकार र सभामुखले नसुन्नु भनेको घटनालाई ढाकछोप गर्न खोजेको हो कि भन्ने आशंका बढेको बताए। खाँणले भने,‘नागरिकले सरकारबाट सुरक्षाको महसुस गर्न पाउनुपर्छ र सरकारले नागरिकको रक्षा गनुपर्छ, हामी यसकै लागि लडिरहेका छौं।’
उनले संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नसक्ने स्पष्ट पारे।






