Kathmandu Press

कुटपिट गरी पत्नीको हत्या गर्ने एकजना पक्राउ      

बाँके, असोज १० : आफ्नै पत्नी ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरिया बस्ने ३४ वर्षीय  प्रकाश न्यौपानेलाई...
कुटपिट गरी पत्नीको हत्या गर्ने एकजना पक्राउ      

बाँके, असोज १० : आफ्नै पत्नी ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरिया बस्ने ३४ वर्षीय  प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रकाशले आफ्नै पत्नी लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्