Kathmandu Press

पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

रामपुर, असोज १० : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक...
पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

रामपुर, असोज १० : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका  हुन्। सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। 

गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो। स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताए।

Hardik ivf

जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा उद्यानलाई विकास गरिएको छहरा –४ वडाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए। उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका निम्ति उपयुक्त रहेको बताइएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणले गर्दा आन्तरिक पर्यटकमा कमी देखिएको छ। आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता समेत रहेका पोखरेलले बताए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारी दिए। दुई वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ। चालु आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ। उनका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताए। गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामा नै अगाडि रहेको र तरकारी तथा सुन्तला रु करोडभन्दा बढीको निकासी हुँदै आएको उनले जानकारी दिए। 

लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ। यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए। 

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्