Kathmandu Press

मुलुकले विकासमा अब छलाङ मार्छ : पूर्वप्रधानमन्त्री खनाल

इलाम, साउन १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा ज....

मुलुकले विकासमा अब छलाङ मार्छ : पूर्वप्रधानमन्त्री खनाल

इलाम, साउन १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन्।

इलामको सूर्योदय नगरपालिकामा ‘२०७६-०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहलाई सम्बोधन गर्दै खनालले भने,‘मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन।’

अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै खनालले यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने बताए। उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छलाङ मार्ने बेला भएको बताए। 

‘हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरंकुश शासन व्यवस्था झेलेऊ,’उनले भने,‘अब कुनै पनि निरंकुश व्यवस्था छैन। त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ।’

उनले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको बताए।
 

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्