Kathmandu Press

आजबाट काठमाडौंका विद्यालय सञ्चालन हुँदै

काठमाडौं, असोज १० : कोरोना भाइरसको महामारीका कारण वैशाखबाट बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आजदेखि खुल्ने भएका छन्।स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने...
आजबाट काठमाडौंका विद्यालय सञ्चालन हुँदै

काठमाडौं, असोज १० : कोरोना भाइरसको महामारीका कारण वैशाखबाट बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आजदेखि खुल्ने भएका छन्।

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने महानगरले निर्णय गरेपछि आजदेखि पठनपाठन हुन लागेको हो। महानगरको विद्यालय खोल्ने निर्णयले अभिभावक भने चिन्तित बनेका छन्।

दशैंको मुखमा विद्यालय सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने उनीहरुको चिन्ता छ। काठमाडौं महानगरले भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न विद्यालयलाई निर्देशन दिएको छ।

केही विद्यालय यसअघि नै सञ्चालन भइसकेका छन्। बाँकी विद्यालय पनि आजबाट सञ्चालनमा आउनेछन्।

अन्य धेरै स्थानीय तहले पठनपाठन सञ्चालन गरिसकेका छन्। जोखिम रहेका केही स्थानमा मात्रै विद्यालय बन्द रहेका छन्।

कोरोनाको दोस्रो लहर आएपछि वैशाख दोस्रो साताबाट विद्यालय बन्द भएका थिए। त्यसयता अनलाइन माध्यमबाट पठनपाठन हुँदै आएको थियो।

तर, अधिकांश विद्यार्थीलाई इन्टरनेटको सहज पहुँच नहुँदा पढाइ प्रभावित हुँदै आएको थियो।

प्रकाशित मिति: ०७:५२ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्