Kathmandu Press

आज नेपाल र ओमानबीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं, असोज १० : आज नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ।नेपाल र ओमानबीचको खेल आज राति ९ः४५ बजे कतारको...
आज नेपाल र ओमानबीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं, असोज १० : आज नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ।

नेपाल र ओमानबीचको खेल आज राति ९ः४५ बजे कतारको दोहामा हुनेछ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

अहिले साफको तयारीका लागि नेपाली टिम कतारमा अभ्यास गरिरहेको छ। यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

साफ प्रतियोगिताका लागि नेपाली टोली कतारबाटै माल्दिभ्स जाने भएको छ। साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदै छ।

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्