Kathmandu Press

नेम्वाङको प्रश्न–सर्लाही घटनाबारे छानविन समिति गठन गर्न उपयुक्त हो कि होइन?

काठमाडौं, साउन १५ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले अवरुद्ध संसद खुलाउने प्रयास भइरहेको बताएका छन्....

नेम्वाङको प्रश्न–सर्लाही घटनाबारे छानविन समिति गठन गर्न उपयुक्त हो कि होइन?

काठमाडौं, साउन १५ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले अवरुद्ध संसद खुलाउने प्रयास भइरहेको बताएका छन्।

सर्लाही घटनाको विषयलाई लिएर बुधबार दोस्रो दिन संसद् अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उपनेता नेम्वाङले संसद खुलाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका हुन्।

नेम्वाङले राज्य व्यवस्था समितिले टेक अप गरेको विषयमा फेरि संसदीय छानविन समिति गठन गर्न उपयुक्त हुन्छ कि हुँदैन? भन्ने प्रश्नहरु खडा भएको बताए। ‘हिजो पनि सभामुखसँग मेरो कुराकानी भएको थियो, यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन,’ उनले भने।

जिल्लामा दलहरुको सहमतिमा मिलाइएकोे विषयमा संसदीय छानविन समिति गठन गर्नु ठीक हो कि होइन भन्ने आफूलाई लागेको उल्लेख गर्दै उनले यो विषयमा निष्कर्षमा नपुगिएको बताए। 

संसदीय छानविन समिति गठन गर्न माग गर्दै प्रतिपक्षी राजपा नेपाल र कांग्रेसले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन्। बुधबार पनि प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक साउन १६ गते (भोलि) बस्ने गरी स्थगित भएको थियो।
 

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, साउन १५, २०७६