Kathmandu Press

अस्ताए वामपन्थी नेता अवस्थी

बैतडी, असोज १० : वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ।बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका अवस्थी हाल...
अस्ताए वामपन्थी नेता अवस्थी

बैतडी, असोज १० : वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ।

बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए। ‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको शनिबार घरमै निधन भएको हो।

Hardik ivf

समाज परिवर्तनका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका अवस्थी केही समयदेखि अस्वथ रहेका थिए। बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ।

यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्‍याएको स्थानीय बासिन्दा बताउँछन्।

विसं २०४६ को परिवर्तनपछि एमालेबाट चुनावसमेत लडेका अवस्थी पराजित भएका थिए। उनले चुनावताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको थियो।

प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपदवीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थिए। उनलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ। उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्वसमेत गरेका थिए।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेतामध्येका एक व्यक्ति अवस्थी पनि थिए। अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। (रासस)

प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्