Kathmandu Press

प्रिमियर लिग : सिटीले चेल्सीलाई हरायो, एस्टन भिल्लासँग युनाइटेड पराजित

काठमाडौं, असोज ९ : डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा ग्याब्रिअल जेसुसको गोल मद्दतमा सिटीले चेल्सीलाई उसकै मैदानमा...
प्रिमियर लिग : सिटीले चेल्सीलाई हरायो, एस्टन भिल्लासँग युनाइटेड पराजित

काठमाडौं, असोज ९ : डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा ग्याब्रिअल जेसुसको गोल मद्दतमा सिटीले चेल्सीलाई उसकै मैदानमा १–० ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जेसुसले ५३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले जोआ क्यान्सेलोको पासमा गोल गरेका थिए।

यसैगरी अर्को खेलमा ब्रुनो फार्नाडेसले अन्तिम समयमा प्राप्त पेनाल्टी मिस गर्दा म्याचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनायटेड एस्टन भिल्लासँग १–०ले पराजित भएको हो।

भिल्लाका लागि ८८औं मिनेटमा कोर्टेनी हउसले गोल गरेका थिए। तर, इन्जुरी समयमा युनाइटेडले खेललाई बराबरी गर्ने सुनौलो अवसर गुमायो। दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्न सकेनन्। 

हारपछि चेल्सी अंक तालिकामा तेस्रो स्थानमा झरेके छ भने सिटी दोस्रो स्थानमा उक्लिएको छ। दुवैको समान १३ अंक छ। १३ अंक नै जोडेको युनाइटेड चौथो स्थानमा छ।  १० अंकसहित एस्टनभिल्ला सातौं स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १३ अंक नै भएपनि गोलअन्तरमा शीर्ष स्थानमा छ।

प्रकाशित मिति: २१:०५ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्