Kathmandu Press

सभामुख कुनै दलको सदस्य जस्तो भएर प्रस्तुत हुनुभयो: गगन थापा

काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सर्लाही घटनाबारे छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म स....

सभामुख कुनै दलको सदस्य जस्तो भएर प्रस्तुत हुनुभयो: गगन थापा

काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सर्लाही घटनाबारे छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म संसद चल्न नसक्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले संसदीय छानविन समिति बनाउन सभामुखले जनाएको प्रतिबद्धता पालना नगरेको बताए। 

‘सभामुखले संसदीय छानविन समिति गठन हुन्छ भनेर हामीलाई आश्वस्त पार्नु भएको थियो,’ थापाले भने,‘तर, सभामुख अहिले सरकारको छायाँ जस्तो भएर बस्नु भएको छ।’ 

थापाले सभामुखले स्वतन्त्र भएर निर्णय गर्नु सक्नुहुन्छ कि सक्नुहुन्न भने ठूलो प्रश्न खडा भएको बताए। ‘सभामुख हामी सबैको अभिभावक हो। तर, उहाँ सरकारको छायाँ जस्तो देखिनु भएको छ। संसदीय समिति सरकारले बनाउने होइन सभामुखको अधिकारको कुरा हो। छानविन समिति नबनाएसम्म संसद अघि बढ्न सक्दैन,’ उनले भने।

उनले सभामुख संसदभित्र कुनै दलको सदस्य जस्तो भएर प्रस्तुत हुन नहुने बताए। ‘सभामुख संसदभित्र सबैको नेता हो। कुनै दलको सदस्य होइन। तर, सभामुखले त्यस्तो व्यवहार गर्न सक्नु भएन,’ थापाले भने।
 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्