Kathmandu Press

कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही

कर्णाली, असोज ९ : जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ। स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही...
कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही

कर्णाली, असोज ९ : जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ। स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो।

जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे् यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे।

Hardik ivf

गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताए। कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताए।

त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए। त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताए।

भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुगेका थिए।

स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा साढे चार करोड रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए। मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १९:५८ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्