Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको आग्रह

काठमाडौं, असोज ९ : पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गरेका छन्। उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको आग्रह

काठमाडौं, असोज ९ : पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गरेका छन्। 

उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गरेका हुन्।

Hardik ivf

उनले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली विकास बैंकसँग ऋण सम्झौता गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर सक्षम निर्माण कम्पनी छनोट गरी निर्माणकार्य अघि बढाउन माग गरे।

उनले भने, ‘विकासका आयोजना रद्द गर्ने र बजेट कटौती गर्ने काम विकासविरोधी भएकाले त्यसो नगर्न नेपाल सरकारसँग आग्रह गरेको छु।’ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकिएमा रुपन्देही जिल्लाको मात्र नभएर र लुम्बिनी प्रदेशका नागरिकको व्यापक विरोध हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

पूर्वअर्थमन्त्री पौडेलले अघिल्लो सरकारको कार्यकालमा यस विमानास्थल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए। उनले विकासका आयोजनामा विनियोजित बजेटमा गरिने  कटौतीले आगामी दिनमा पनि गलत नजिर स्थापित गर्ने बताए।

उनले आफू अर्थमन्त्री छँदा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गका लागि विनियोजन गरेको बजेटमा कटौती गरिएको आरोप पनि लगाए। उनले विकासमा बाधा सिर्जना गर्नेहरुले नै कालीगण्डकी तिनाउ आयोजनामा पनि अवरोध गर्न खोजेको आरोप लगाए। उनले भने, ‘कालीगण्डकी तिनाउ आयोजनालाई अवरोध सिर्जना गर्ने गरी अदालतमा मुद्दा हाल्ने काम भएको छ। हामी कानुनी प्रक्रियामार्फत त्यो समस्या समाधान गरी कालीगण्डकी तिनाउ आयोजनाको काम अघि बढाउनेछौँ।’ 

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्