Kathmandu Press

चोरी गरेर ल्याइएका ६१ थान मोबाइलसहित दुईजना पक्राउ

चोरी गरेर ल्याइएका ६१ थान मोबाइलसहित दुईजना पक्राउ

काठमाडौं, असोज ९ : चोरी पैठारी गरी ल्याएको विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका–३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय अमित कुमार महतो रहेका छन्।

भारतबाट मोबाइललगायत  सरसामान भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्