फोटो पत्रकार क्लब अध्यक्षमा श्रुति श्रेष्ठ

काठमाडौं, असोज ९ : छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको संगठन फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन्।
शनिबार सम्पन्न क्लबको ११औं साधारण सभाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा दीपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध रूपमा चयन भए।
सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, वर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुसी चुनिए।
विकास द्वारेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
नवनिर्वाचित पदाधिकारीलाई आज एक समारोहबीच निर्वाचन समिति संयोजक एवं अधिवक्ता निरञ्जन राजवंशी, फोटो पत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवाहक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे।












