Kathmandu Press

तीनजना मृत अवस्थामा फेला

काठमाडौं, असोज ९ : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ खङ्ग टोल बस्ने ३५ वर्षीया ज्योती खड्का आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।मोरङको...
तीनजना मृत अवस्थामा फेला

काठमाडौं, असोज ९ : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ खङ्ग टोल बस्ने ३५ वर्षीया ज्योती खड्का आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

मोरङको लेटाङ नगरपालिका–९ बुढौली चोक बस्ने ६६ वर्षीय तुलसीप्रसाद अधिकारी सोही ठाँउस्थित मोरङगे खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको नरैनापुर गाउँपालिका–६ चौबिस बिगाहा बस्ने २३ वर्षीय कलम नाथ गोडिया आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्