Kathmandu Press

करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं, असोज ९ : सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोल बस्ने ५५ वर्षीय महेश्वर सिंहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।आफ्नै खेतमा मोटरबाट पानी...
करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं, असोज ९ : सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोल बस्ने ५५ वर्षीय महेश्वर सिंहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।

आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

दार्चुलाको महाकाली नगरपालिका–३ स्थित बडुगाउँ बस्ने ५० वर्षीया द्रोपती बडु आफ्नै बारीमा घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।

यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्