स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुईजना पक्राउ
काठमाडौं, असोज ९ : स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित सहित दुईजना पक्राउ परेका छन्।चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट सो परिमाणको रम्कमसहित भारत मुम्बई महाराष्ट्र प्रदेश...
काठमाडौं, असोज ९ : स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट सो परिमाणको रम्कमसहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार मालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख फेला परेको प्रहरीको भनाइ छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७:१६ बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












