Kathmandu Press

छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ 

छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ 

सुनसरी, असोज ९ : छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा इटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवीप्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो।

Hardik ivf

उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो। साथै पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्