Kathmandu Press

एपेक्सले संक्रमित विद्यार्थीलाई निःशुल्क लोक सेवाका कक्षा चलाउने

काठमाडौं, असोज ९ : एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस संक्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ।एकडेमीका अध्यक्ष हरि पौडेलले...
एपेक्सले संक्रमित विद्यार्थीलाई निःशुल्क लोक सेवाका कक्षा चलाउने

काठमाडौं, असोज ९ : एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस संक्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ।

एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संक्रमित विद्यार्थीले संक्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताए। 

Hardik ivf

सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा तीन वर्षीय डिप्लोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) उत्तीर्ण गरेका विद्यार्थीलाई इन्जिनियरिङका लागि पनि पूर्ण रुपमा निःशुल्कमा पढ्न पाउने भएका छन्। उनका अनुसार यसै शैक्षिक सत्रमा आयोगको तयारीका लागि  प्रत्येक प्रदेशबाट सातजना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ। 

यस्तै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यही शैक्षिक सत्रका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाइ रहेको छ। एकडेमीले छात्रवृत्तिका लागि आगामी कात्तिक १० गतेभित्रमा अनलाइन फारम भर्न आग्रह गरेको छ। 
 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्