Kathmandu Press

शिशुको मृत्युपछि दमकको एडभान्स अस्पतालमा तोडफोड

झापा, असोज ९ : उपचारका क्रममा एक शिशुको मृत्यु भएपछि उनका आफन्तले दमकको एडभान्स अस्पतालमा तोडफोड गरेका छन्।कमल गाउँपालिका–१ का ११ महिने शिशु...
शिशुको मृत्युपछि दमकको एडभान्स अस्पतालमा तोडफोड

झापा, असोज ९ : उपचारका क्रममा एक शिशुको मृत्यु भएपछि उनका आफन्तले दमकको एडभान्स अस्पतालमा तोडफोड गरेका छन्।

कमल गाउँपालिका–१ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएको हो। कोरोना र निमोनिया ग्रसित शिशुलाई शुक्रबार उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारका क्रममा शनिबार ती शिशुको मृत्यु भएपछि आक्रोशित आफन्त तोडफोडमा उत्रिएका थिए।

Hardik ivf

अस्पतालले डाक्टर भगाएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगा प्रहार गरेका थिए। त्यसक्रममा अस्पतालको सिसा फुटेको छ। ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ। 

बालरोग विशेषज्ञ डा. अनिल थापाको रोहवरमा उपचार भइरहेको शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमित ती शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। शिशुको अवस्था सामान्य रहेको संक्रमित राख्न सक्ने अवस्था नभएपछि औषधि दिएर घर पठाइएको अस्पतालको भनाइ छ। शिशुमा अक्सिजनको मात्रा पनि ठिक रहेको पाइएपछि घर पठाइएको अस्पतालले जनाएको छ।

तर घर पुर्‍याउनेबित्तिकै शिशुसाह्रो भएको मृतकका आफन्तले बताए। नाजुक बिरामीलाई घर पठाएको भन्दै उनीहरूले डाक्टरको गल्ती औंल्याएका थिए। 

शिशुको शव अस्पतालमा राखेर आफन्तरू आन्दोलन उत्रिएका हुन्।

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्