Kathmandu Press

पर्यटन दिवसमा पाेखरामा मिनी महोत्सव हुने

पोखरा, असोज ९ : रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ। रेवान पोखराका अध्यक्ष...
पर्यटन दिवसमा पाेखरामा मिनी महोत्सव हुने

पोखरा, असोज ९ : रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ। रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले आज पत्रकार सम्मेलन गरेर हरेक वर्ष गर्दै आइरहेको मिनी महोत्सवलाई यस वर्ष स्वास्थ्य सतर्कतासहित निरन्तरता दिइने बताएका हुन्। 

अध्यक्ष बरालले खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन एकदिने मिनी महोत्सवको आयोजना गरिएको बताए। उनका अनुसार महोत्सवमा साङ्गीतिक व्याण्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारु समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। 

Hardik ivf

उनले कोरोना महामारी पूर्णरुपमा निर्मूल भई नसकेकाले महोत्सव क्षेत्रमा नो भेइकल जोनको अवधारणालाई अङ्गीकार गरी भीडभाड व्यवस्थित गरेर महोत्सव गरिने बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई अब चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको जनाउँदै मिनी महोत्सवले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए। 

सो अवसरमा भट्टराइले कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले व्याजदर बढाएर थप पीडा दिएको भन्दै सिङ्गल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए। 

नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए। उनले पोखरामा पर्यटक आकर्षित गर्ने धेरै कुरा रहेको उल्लेख गर्दै मिनी महोत्सव जस्ता कार्यक्रमले आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्ने बताए। 

रेवानका सचिव भीष्मराज पौडेलले पोखरा खुल्दैछ र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश दिन र पर्यटन दिवस पोखरामा मनाउनका लागि निम्तो दिन पनि महोत्सव गरेको जानकारी दिए।

पौडेलका अनुसार नेपाल पर्यटन बोर्ड प्रवद्र्धक र प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेका छन्। 
 

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्