अरिंगालको टोकाइबाट एकजनाको मृत्यु
दैलेख, असोज ९ : अरिंगालको टोकाइबाट दैलेखमा एकजनाको ज्यान गएको छ। ठाँटीकाँध गाउँपालिका-५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिंगालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी...
दैलेख, असोज ९ : अरिंगालको टोकाइबाट दैलेखमा एकजनाको ज्यान गएको छ।
ठाँटीकाँध गाउँपालिका-५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिंगालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
प्रहरीका अनुसार शुत्रmबार दिउँसो अरिंगालले टोक्दा उनी घाइते भएका थिए। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको आईसीयूमा उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।।
मृतक शाही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन ‘नेपाल किसान संघ (क्रान्तिकारी’ जिल्ला अध्यक्ष एवं पार्टी जिल्ला कमिटी सदस्यसमेत रहेको बुझिएको छ।
प्रकाशित मिति: १२:२० बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












