Kathmandu Press

हुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

जुम्ला, असोज ९ : जुम्लामा १८ वर्षमाथिका ४१  हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ।शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने...
हुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

जुम्ला, असोज ९ : जुम्लामा १८ वर्षमाथिका ४१  हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ।

शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो।

Hardik ivf

यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय  तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर ५४७ स्वयंसेविका परिचालन गरिएको उनको भनाइ थियो। 

कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल  ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ।  जिल्लाभर २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन्। 

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पु¥याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए। 
 

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्