प्रतिपक्षी सांसद्काे एक घण्टा नाराबाजीपछि संसद् स्थगित
काठमाडौं, साउन १५ : आज पनि कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
सर्लाहीमा भएका तीन घटनाको छानविनका ला....

काठमाडौं, साउन १५ : आज पनि कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
सर्लाहीमा भएका तीन घटनाको छानविनका लागि संसदीय समिति गठन गर्नु पर्ने कांग्रेस र राजपाका सांसदले माग गर्दै आएका छन्। उनीहरूले संसदीय समिति गठनको माग गर्दै बुधबार पनि नाराबाजी गरेका हुन्।
सांसदहरूको नाराबाजी जारी रहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक स्थगित गरेका छन्। संसद्को अर्को बैठक साउन १६ दिउँसो २ बजे बस्नेछ।
प्रकाशित मिति: १२:१३ बजे, बुधबार, साउन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









