Kathmandu Press

डा.केसीको स्वास्थ्य अवस्था जटिल

काठमाडौं, माघ १६ : अनसनरत डा.गोविन्द केसीको अवस्था जटिल बनेको छ । उनलाई तत्काल आईसीयूमा राख्नु पर्ने अवस्था आएको चिकित्सकले बताएका छन् ।

डा.....

डा.केसीको स्वास्थ्य अवस्था जटिल
रिवाज राई

काठमाडौं, माघ १६ : अनसनरत डा.गोविन्द केसीको अवस्था जटिल बनेको छ । उनलाई तत्काल आईसीयूमा राख्नु पर्ने अवस्था आएको चिकित्सकले बताएका छन् ।

डा.केसीको अनसनको आज २२औं दिन हो । उनलाई मंगलबार नै चिकित्सकहरुले आईसीयूमा राख्नु पर्ने बताएका थिए । तर, डा.केसीले आईसीयूमा जान अस्वीकार गरेका थिए ।

उनको मुटुमा पनि समस्या देखिएको छ । दुई पटक एन्जियोग्राम गरेका केसीलाई तत्काल आईसीयूमा नराखिए समस्या आउन सक्ने उचपारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको शरीरमा ग्लुकोज र पोटासियमको मात्रा न्यून भएको छ । त्यस्तै, मुटुको चाल पनि उतारचडाव भइरहेको जनाएको छ । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।

पुस २५ मा इलाममा फूलगाछीमा अनसन शुरु गरेका डा.केसीलाई इलाम जिल्ला अस्पतालहुँदै काठमाडौं ल्याइएको थियो ।

डा.केसीको अनसनको २२औं दिन पुग्दा पनि सरकारले वास्ता गरेको छैन् । उनीसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेकय प्रतिनिधिसभाबाट बलफ्ती पारित गरेको छ । त्यस्तै, राष्ट्रियसभाले स्वीकृत गरिसकेको छ भने बिहीबार पारित गर्ने तयारी गरिएको छ ।

अहिलेसम्म डा.केसीसँग भने वार्ताका लागि पनि पहल गरेको छैन् । बरु प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपा नेताहरु डा.केसीको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिँदै हिडेका छन् ।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, माघ १६, २०७५