Kathmandu Press

आज देशका केही भागमा वर्षाको सम्भावना

काठमाडौं, असोज ९ : आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय...
आज देशका केही भागमा वर्षाको सम्भावना

काठमाडौं, असोज ९ : आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना रहेको छ। केही स्थानमा आंशिकदेखि सामान्य बद्ली भई मेघजर्गन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

Hardik ivf

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँमा वर्षा हुनेछ। राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अबको केही दिन ठूलो वर्षाको सम्भावना छैन। मनसुन बाहिरिने सङ्केत देखिन थालेको महाशाखाले जनाएको छ। जेठ  २८ गते मनसुन नेपाल भित्रिएको थियो।

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्