Kathmandu Press

दुई सय पर्यटन मजदुरलाई रोजगार

पोखरा, असोज ८ : जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ। पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार...
दुई सय पर्यटन मजदुरलाई रोजगार

पोखरा, असोज ८ : जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ। पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो। 

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)पश्चिमाञ्चलले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो। बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रमको शुभारम्भ गरे। 

Hardik ivf

प्रमुख भण्डारीले कोभिड–१९ को कारण पर्यटन क्षेत्र शून्य अवस्थामा पुगेको जनाउँदै यस व्यवसायसँग आवद्ध मजदुरको जीविकोपार्जनमा कठिनाइ आएको उल्लेख गरे। उनले सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका दिन काठमाडौँमा भएका कूटनीतिक पदाधिकारीको टोलीलाई कास्कीकोटको अपाङ्गतामैत्री पदमार्गमा घुमाउने कार्यक्रम रहेको बताए। टान पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले कोरोनाका कारण रोजगार गुमाउन पुगेका पदयात्रा मजदुरलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि राहत हुने विश्वास व्यक्त गरे। पदमार्ग मर्मत र सरसफाइका लागि रोजगार प्रदान गरिएको जनाइएको छ। उनका अनुसार दाङसिङ, मोहरिया, टाडापानी, बिरेठाँटी र ड्यामसाइड स्तुपा, भुम्दी, पञ्चासे भञ्याङसम्म गरेर २०० जना मजदुरले रोजगारी पाउनेछन्। पहिलो चरणमा ३० जनाले १० दिनसम्म पदमार्ग मर्मत सम्भार र सरसफाइ गर्नेछन्। एक मजदुरलाई दैनिक एक हजार ज्याला दिइनेछ। सो कार्यक्रम अर्नतगत २० लाख छुट्टाइएको छ। 

पोखरा २४ का वडाध्यक्ष ओम सुवेदीले पोखराको पर्यटन विकासमा कास्कीकोटमा रहेको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वको विषयलाई उजागार गर्नुपर्ने आवश्यता औँल्याउँदै अपाङ्गतामैत्री पदमार्ग एशियाकै नमूना भएको बताए। कार्यक्रममा टानका सदस्य एवं मजदुर विभाग संयोजक मोहन सुवेदी, फेवा फेरो ट्रायलका अध्यक्ष विष्णु दाहाल, टान सचिव मिलन तिवारीलगायतले प्राकृतिक सुन्दरताले महत्वपूर्ण रहेको कास्कीकोटको पदमार्गको महत्वलाई उजागार गर्न सके पर्यटकको बसाइ लम्बाउन सकिने बताए।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्