Kathmandu Press

शनिबार पनि आरजिटिएस चल्ने

काठमाडौं, असोज ८ : नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत...
शनिबार पनि आरजिटिएस चल्ने

काठमाडौं, असोज ८ : नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ। 

केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ। केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ। 

प्रकाशित मिति: २०:२३ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्