वडा कार्यालयमा बम विस्फोट
नुवाकोट, साउन १५ : ककनी गाउँपालिका–१ को वडा कार्यालयमा गए राति बम विस्फोट गरिएको छ।
बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकर....

नुवाकोट, साउन १५ : ककनी गाउँपालिका–१ को वडा कार्यालयमा गए राति बम विस्फोट गरिएको छ।
बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले बताए। उनका अनुसार राति ११ः४५ बजेको समयमा आएको ५–६ जनाको समूहले कार्यालयमा बम विस्फोट गराएको हो।
सो समूहले कार्यालयका कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा आगजनी पनि गरेको वडाध्यक्ष श्रेष्ठले बताए। ठूलो आवाजसहितको विष्फोटले भवनको ढलानसमेत फुटेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ।
त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ। आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए।
आगलागी कसले गर्यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ। ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले बताए।
आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

-1784896419.png)









