विराटनगरको कप्तान बने करण केसी
काठमाडौं, असोज ८ : विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा अलराउन्डर करण केसीलाई कप्तान नियुक्त गरेको छ।टिमको कप्तानी गरिरहेका पारस...
काठमाडौं, असोज ८ : विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा अलराउन्डर करण केसीलाई कप्तान नियुक्त गरेको छ।
टिमको कप्तानी गरिरहेका पारस खड्काले यो सिजन इपिएल नखेल्ने घोषणा गरेपछि विराटनगरले करणले कप्तान बनाएको हो । २९ वर्षीय अलराउन्ड करण केसीले सन् २०१५ देखि राष्ट्रिष्य टिमका नियमित सदस्य हुन्।
सन् २०१७ मा पारसकै कप्तानीमा विराटनगरले इपिएल उपाधि जित्दा करण टिमको मुख्य सदस्य थिए। यस्तै विराटनगरले ओपनर अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ।
शनिबारबाट सुरु हुने इपिएलका विराटगनरले जिम्बाबेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका रायनखान पठान, वेस्टइन्डिजका चन्द्रपउल हेमराज, दिल्सान मुनाविरालाई विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको छ ।
विराटनगरको मुख्य प्रशिक्षकमा मनोज कटवाल छन्। विराटनगरले आइतबार चितवन टाइसर्गसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।











