Kathmandu Press

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

काठमाडाैं,असाेज ८ :  सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन। त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै...
सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

काठमाडाैं,असाेज ८ :  सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन। त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ। हालैमात्र यसैगरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिलिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको जानकारी गराउँदै कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

Hardik ivf

अनुसन्धानको क्रममा उनी सिलगुढीस्थित चर्चका पादरी रहेको खुल्न आएको छ। उनले क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग आएको भनी चर्चमा आएका महिलालाई खाता खोल्न लगाइ त्यस खातामा पैसा पठाउन लगाउने गरेका थिए। 

उनले महिलाको खातामा नगद जम्मा गरी महिलामार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ। उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्