Kathmandu Press

श्रीपेच चोरी गर्न खोजेको आरोपमा पक्राउ

काठमाडौं, असोज ८ :  नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ...
श्रीपेच चोरी गर्न खोजेको आरोपमा पक्राउ

काठमाडौं, असोज ८ :  नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन्। उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन्। सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ। 

Hardik ivf

यता काठमाडौँ महानगरपालिका–८ गौशालाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तुसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उक्त वस्तु अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

उक्त वस्तुसहित उनलाई कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

यसैबीच  काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब एक किलो ७०० ग्राम गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलनकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

कैलाली टिकापुरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्