Kathmandu Press

विप्लवका कार्यकर्ताद्वारा गाडीमा आगजनी

हेटौडा, साउन १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुइटा गाडीमा आगजनी गरेका छन्।

नेकपाले आज ब....

विप्लवका कार्यकर्ताद्वारा गाडीमा आगजनी

हेटौडा, साउन १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुइटा गाडीमा आगजनी गरेका छन्।

नेकपाले आज बाग्मति, गण्डकी र जनकपुर क्षेत्रमा बन्दको आह्वान गरेको छ। त्यही क्रममा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नं.को कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नं.को ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार, कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको छ।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको छ।

सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको प्रहरीले जनाइएको छ।

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्