मृत अवस्थामा तीनजना फेला
काठमाडौं, असोज ८ : रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा सोही उपमहानगरपालिका–३ बस्ने ७ वर्षीय सुजन सारु शुक्रबार मृत अवस्थामा फेला परेका छन्। पाल्पाको...
काठमाडौं, असोज ८ : रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा सोही उपमहानगरपालिका–३ बस्ने ७ वर्षीय सुजन सारु शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
पाल्पाको ढोतानसेन नगरपालिका-२ फुलबारी बस्ने ढोरपाटन नगरपालिका-७ बोबाङ घर भएका ३२ वर्षीय वसन्त विक शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका–७ र ४ को सिमानास्थित निगाले भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेकी करिब २६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












