प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न
काठमाडौं, असोज ८ : प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताएका छन्।सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम...काठमाडौं, असोज ८ : प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताएका छन्।
सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उनले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गरे।
नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र उठान भएका विषयवस्तुमाथि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बैठकमा प्राप्त सुझावले नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाले विश्वास लिएको जनाएको छ।
प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












