चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गर्न नपाउने
काठमाडौं, साउन १५ : चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारी र फौजादारी नभएर व्याक्तिवादी भएको ....

काठमाडौं, साउन १५ : चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारी र फौजादारी नभएर व्याक्तिवादी भएको फैसला गरेको छ।
सर्वोच्चले विनियम पत्र ऐन २०३४ अनुसार चेक बाउन्सको मुद्दा देवानी हुने फैसला गरेसँगै अब प्रहरीले पक्राउ गर्न नपाउने भएको हो। हिजो एक चेक बाउन्ससम्बन्धी मुद्दाको फैसला गर्दै सरकारी मुद्दा नभएको स्पष्ट पारेको हो। यसअघि प्रहरीले चेक बाउन्समा पक्राउ गरेर मुद्दा चलाउदै आएको थियो।
अब जसले चेक काटेको छ, त्यो व्यक्तिको बैंक खातामा रकम नभएर चेक बाउन्स भएपछि प्रहरीलाई पक्राउको अधिकार हुने छैन। त्यो मुद्दा पनि फौजदारी नभएर देवानी हुने सर्वोच्चको फैसलाले तय गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको सयुक्त इजलाशले यस्तो फैसला सुनाएको हो।
कैलालीकी निर्मला सोडारीले गणेशकुमार रावललाई चेकमार्फत दिएको १८ लाख ८५ हजार रकमको दुइटा चेक बाउन्स भएपछि सर्वोच्चमा मुद्दा परेको थियो। त्यसमा फैसला सुनाउदै सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा फौजदारी नहुँने नजिर कायम गरेको हो।
सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा फौजदारी रुपमा चलाउदा पीडितलाई न्याय नहुने भन्दै देवानी चलाउन पनि आदेश गरेको छ।
बैंकिङ कसुर तथा सजाय ऐनमा चेक बाउन्सको केसमा हुने कारवाहीको विषय उल्लेख भएपनि यस्तो खाले मुद्दा फौजदारी हुन नसक्ने सर्वोच्च अदालतको ठहर छ।
सर्वोच्चको फैसला अनुसार अव चेक बाउन्सको मुद्दा जिल्ला अदालतले हेर्ने भएको छ । यसअघि बाणिज्य इजलासमा हुदैं आएको थियो ।

-1784896419.png)









