विभिन्न स्थानका सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं, असोज ८ : काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित सडकमा बा७४ प २५३५ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००५ ख ९७५६ नम्बरको बसले शुक्रबार बिहान ठक्कर दिँदा...
काठमाडौं, असोज ८ : काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित सडकमा बा७४ प २५३५ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००५ ख ९७५६ नम्बरको बसले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ घुँगीबेसी–५ घर भएका ३० वर्षीय सबिन पौडेलको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको लहान नगरपालिका–१२ भोटिया चोकमा स१०प ६७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका–२० बस्ने २१ वर्षीय विवेक साहको शुक्रबार मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
उक्त मोटरसाइकलले पदैलयात्री सिरहा लक्ष्मुपुरपतारी गाउँपालिका–६ बस्ने ७० वर्षीया दुखीलाई ठक्कर दिई ना।६ ख १६१८ नम्बरको रोकी राखेको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो। साथै ठक्करबाट घाइते भएकी दुखीको लहानस्थित धमिनी पोलिक्लिनिकमा उपचार भइरहेको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका(१ रेन्जर पोष्ट नजिक पूर्वपश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।












