Kathmandu Press

लागूऔषधसहित पाँचजना पक्राउ 

काठमाडौं, असोज ८ : काठमाडौं, मकवानपुर र सुर्खेतबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध...
लागूऔषधसहित पाँचजना पक्राउ 

काठमाडौं, असोज ८ : काठमाडौं, मकवानपुर र सुर्खेतबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्। 

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

कैलाली टिकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूर पश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट २ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने २१ वर्षीय राजन मुक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँमा झोला बोकी शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने ३३ वर्षीया निशा वली र  उनकै आमा ६० वर्षीया तुलसी रिमाललाई ३ सय १० मिलिग्राम ब्राउनसुगर सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका–४ एरीचोक हिमाल होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो। 

यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्