Kathmandu Press

पार्सल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ 

काठमाडौं, असोज ८ : सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइदिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको अभियोगमा...
पार्सल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ 

काठमाडौं, असोज ८ : सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइदिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको आरोपमा भारत दार्जिलिङ सिलगुढी पानीघट्ट बजार घर भएका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यानसी माइकलको नामबाट महिला प्रयोगकर्ताहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाई प्रेम समेत गर्ने बताएर विभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताएको र बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई विश्वासमा पारी उक्त नगद ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई झापाबाट पक्राउ गरेको हो । 

Hardik ivf

अनुसन्धानको क्रममा सन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चका विभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी विश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ। 
 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्