विप्लव समूहकी काठमाडौं इञ्चार्ज उपाध्याय पक्राउ
काठमाडौं, साउन १४ : नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छिन्।
काठमाडौं, साउन १४ : नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छिन्।
काठमाडौं इञ्चार्ज उपाध्यायलाई प्रहरीले मंगलबार अपरान्ह बुढानिकण्ठबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं डिआईजी विश्वराज पोखरेलले जानकारी दिए।
उपाध्यायलाई महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीको संयुक्त टोलीले पक्राउ गरेको बताइएको छ।
हिंसात्मक गतिविधि बढ्दै गएपछि प्रहरीले विप्लव समूहमाथि निगरानी बढाएको छ। यसअघि प्रहरीले काठमाडौं उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो।






